चन्द्रगढी-सभामुख देवराज घिमिरेले सदरमुकाममा रहेको मेची रङ्गशालाको निरीक्षण गर्नु भएको छ । सरकारी स्वामित्वमा रहेको रङ्गशालाको अवस्थाबारे सभामुख घिमिरेले जानकारी लिनु भएको हो ।
सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, प्रदेश सभाका पूर्व सदस्य बसन्त बानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ लगायतले रङ्गशालाको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउनु भएको छ ।
अध्यक्ष ढकाले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न र दोस्रो संस्करणको तयारी र मेची रंगशालामा आवश्यक पर्ने पूर्वाधारका विषयमा सहयोग उपलब्ध गराउन माग गर्नुभएको छ ।
सभामुख घिमिरेले भद्रपुरको मात्र नभई झापाको ऐतिहासिक र महत्वपूर्ण सम्पत्ति भएकाले रङ्गशालाको विकास र संरक्षणका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।