१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

सुरु भयो माइमेला : नगर प्रमुखद्वारा उद्घाटन



सुरुङगा-कनकाई माइमेला सुरु भएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले आइतबार रिबन काटेर मेलाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनको अवसरमा शान्तिका दूत परेवा उडाइएको थियो भने केक पनि काटिएको थियो । यसपटक नगरपालिका आफैँले मेला आयोजना गरेको हो ।

नगर प्रमुख थोप्राले अघिल्लो वर्षको तुलनामा यसपटक पर्यटकीय क्षेत्र दोमुखामा समेत पर्यटकको आगमन बढेको बताउनुभयो ।

वडाध्यक्ष हर्क सिगुले सडकमा भीडभाड नहुने गरी यसपटक मेला व्यवस्थापन गरिएको बताउँदै अनुगमनका लागि समितिसमेत गठन गरिएको जानकारी दिनुभयो ।

मेलामा खानेपानी, बिजुली, शौचालय र एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । रेडक्रसको टोली पनि मेलामा रहन्छ ।

मेला उद्घाटनका अवसरमा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाम्फे लगायतले मेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ८ : ०५ बजे