१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिर्तामोडमा पशु धनको सुरक्षाका लागि बीमाको व्यवस्था



बिर्तामोड-बिर्तामोड नगरपालिकाले पशुधनको सुरक्षाका लागि बीमाको व्यवस्था गर्दै आएको छ । नगरपालिकाले किसान सँगको सहकार्यमा पशुधनको सुरक्षा गर्दै आएको हो ।

बिर्तामोडमा एक करोड ९० लाख बराबरको पशुधनको सुरक्षा गरिएको पशुपंक्षी विकास तथा मत्स्य शाखा अधिकृत सावित्रा दाहालले बताउनुभयो ।

बीमा गरिएका पशुको मृत्यु भए किसानले ९० प्रतिशतसम्म भुक्तानी पाउने छन् । गत आर्थिक वर्ष ८०-८१ मा बिर्तामोडमा ४०० वटा पशु चौपाएको बीमा गरिएको थियो ।

पशु चौपायाको बीमाका लागि केन्द्र सरकारले ८० प्रतिशत, नगरपालिका र किसानको २० प्रतिशत रकम खर्च हुने गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ३ : ०४ बजे