१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

जन्मदिनमा ‘स्वच्छ समाजका लागि आर्थिक सहयोग



झापा– बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ लाई आर्थिक सहयोग गरेका छन् ।

शनिबार पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई गौरीले ३५ हजार सहयोग प्रदान गरेका हुन् । भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत छन् ।

विगत एकदशक भन्दाबढी समयदेखि सडकमा यत्रतत्र फ्याँकिएका प्लाष्टिक तथा कबाडी सङ्कलन गरेर अनाथ आश्रम बनाउने अभियानमा होमिएका बिर्तामोड-६ का सामाजिक अभियन्ता तथा अभियानका अध्यक्ष गणेश ढुंगाना, अभियानका आजीवन सदस्य बीपी कोइरालालाई गौरी तथा उनका छोरा सन्देशले संयुक्त रूपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अनाथ दिन दुःखी तथा सडकमा आश्रित मानवलाई राख्न ढुङ्गानाको अग्रसरतामा अर्जुनधारा ११ स्थित देउलिया पुलको करिब सात सय मिटर उत्तर क्षेत्रमा दुई कठ्ठा सात धुर जग्गा अभियानका नाममा खरिद गरिएको छ ।

जग्गा अभियानको नाममा आइसके पनि जग्गाधनीलाई अझै करिब सात लाख रुपैयाँ जति तिर्न बाँकी रहेको अभियानका संयोजक समेत रहेका अभियन्ता ढुंगानाले बताए ।

ढुङ्गानाको यो अभियानलाई नजिकबाट हेरिरहेका भण्डारीले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै समाज रूपान्तरणमा सहयोग गर्ने अठोटका साथ छोराको जन्मदिनमा केही थोरै भए पनि सहयोग गरिएको बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  १ : १८ बजे