११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापा कपको आयव्यय सार्वजनिक : खर्च कटाएर २८ लाख बचत



बिर्तामोड-झापा ११ फुटबल क्लबले झापा कपको आयव्यय शनिबार सार्वजनिक गरेको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गरी क्लबले हर हिसाब सार्वजनिक गरेको हो ।

प्रतियोगिता आयोजक समितिका अनुसार प्रायोजन तथा संस्थागत सहयोग, व्यक्तिगत सहयोग र टिकट बिक्रीबाट क्लबले १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ आम्दानी गरेको छ ।

प्रतियोगिता अन्तर्गत मैदान व्यवस्थापनदेखि पुरस्कार वितरण हुँदै सुरक्षा तथा सरसफाई खर्च समेत गरेर २८ लाख ३० हजार ८७३ मौज्दात रहेको आयोजक समितिका सचिव चेतामणि खनालले बताउनुभयो ।

झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ देखि पुस ८ गतेसम्म डाेमालाल राजवंशी रङ्गशालामा झापा कप आयोजना गरिएको थियो । प्रतियोगितामा टिकट बिक्रीबाट मात्रै १४ लाखभन्दा बढी रुपैयाँ सङ्कलन भएको छ ।

क्लबका अध्यक्ष जलकुमार गुरुङले प्रतियोगितालाई निरन्तरता दिने जनाउँदै दशैं तिहारको बीचमा भनिए पनि मङ्सिर महिनामा अर्को प्रतियोगिता आयोजना हुने जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ । कार्यक्रममा प्रतियोगिता संयोजक केशवराज दाहाल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ८ : ०४ बजे