१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा बोखिम निर्वाचित



शिवसताक्षी– सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन् । बोखिम दोस्रो कार्यकालका लागि समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा बाेखिम ७२४ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक दीपक न्यौपानेले बताए । निर्वाचनमा अध्यक्ष पदका दावेदार उदय प्रकाश राईले ३६९ र भोजकुमारी नेपालले २०४ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा कृष्णप्रसाद खरेल ८७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेद्वार मोहन पौडेलले २८८ मत प्राप्त गरेका थिए ।

सचिव पदमा कालीप्रसाद रिजाल ७९६ का साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी उम्मेद्वार मोहन राईले ४४० मत प्राप्त गरेका छन् ।

सहसचिव पदमा डिकबहादुर बुढाथोकी ७३४ मत प्राप्त गरी विजयी भएका छन् । साेही पदका उम्मेद्वार भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारीले ३३१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा झमकबहादुर गौतम विजयी भएका छन् । गौतमले ६९३ मत प्राप्त गर्दा अर्का उम्मेदवार भीमबहादुर कार्कीले ४७९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।

खुल्ला सदस्यमा कुवेरनाथ लुइटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बाँस्तोला विजयी भएका छन् । महिला सदस्यमा खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन् ।

निर्वाचनमा १९०९ मतदातामध्ये १३१३ मत खसेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ७ : ४९ बजे