२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

महामन्त्री शर्माद्वारा बुद्धशान्तिमा झोलुङ्गे पुलको उद्घाटन



शान्तिनगर-झापाको बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडालाई जोड्ने गरी बनाइएको झाेलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्नु भएको हो ।

बुद्ध शान्तिको वडा नम्बर ६ र ७ लाई जोड्ने ४७७ मिटर लामो यो पुल कोशी प्रदेशकै लामो झोलुङ्गे पुल हो । पाँच करोड ९८ लाख ८१ हजारको लागतमा पुल निर्माण भएको छ ।

गत असार २४ गते महामन्त्री शर्मा आफैंले पुलको शिलान्यास गरेका थिए । तोकिएको मिति अगाबै पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घाटनका अवसरमा जग्गादाता, निर्माण व्यवसायी र श्रमिकलाई सम्मान गरिएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभा सदस्य सबिना बजगाईं र निर्मला तावा लगायतले सम्मान गर्नुभएको हो ।

पुल निर्माण भएका कारण इलाम र झापाका स्थानीयलाई आवतजावतका लागि सहज भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि समेत सहयोग पुग्ने गरी पुल निर्माण भएको अध्यक्ष प्रसाई बताउँछन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  ८ : १८ बजे