१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सिम्रिक सहकारीद्वारा महिला सदस्यलाई श्रृंगार तालिम



बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको कानेपोखरीमा पाँच दिने आधारभूत श्रृंगार तालिम आयोजना गरेको छ । शिक्षा उपसमितिको आयोजनामा तालिम भएको हो ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले पाँच दिने तालिम बिहीबार सकिएको बताए । तालिम पुष २१ गतेदेखि सुरु भएको थियो ।

महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउँदै उद्यम व्यवसायमा जोड्नका लागि तालिम आयोजना गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए ।

सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता र कानेपोखरी गाउँपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके रोजगारी खोज्नका लागि अरु कतै जान नपर्ने बताउनुभयो ।

तालिममा मोरङ जिल्ला सेवा केन्द्रबाट ३४ जना महिला सेयर सदस्य सहभागी थिए । सहभागीलाई जानुकादेवी प्रधान र सिर्जना ढुङ्गाले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  ८ : १८ बजे