१ असार २०८२, आइतबार | Sun Jun 15 2025

सशस्त्र प्रहरीद्वारा नेपाल भारत सीमा स्तम्भको मर्मत सुरु



झापा-सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकामा रहेका सीमा स्तम्भको मर्मत सुरु गरेको छ । नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा रहेका बिजोर नम्बरका सीमा स्तम्भको मर्मत सशस्त्र प्रहरीले सुरु गरेको हो ।

मेचीनगर नगरपालिका १५ सिसुवाडाँगीकाे ९५/१२ सीमा स्तम्भबाट मर्मत कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

मर्मत शुभारम्भ कार्यक्रममा प्रशासकीय अधिकृत टीकाराम निरौला, नापी विभागका प्रतिनिधि नापी अधिकृत दमन न्यौपाने र भारतीय सीमा सुरक्षा बलका अधिकारीको सहभागिता रहेको थियो ।

नेपाल भारत बीच भएको सहमति अनुसार बिजोर नम्बरका सीमा स्तम्भको मर्मत सशस्त्र प्रहरी बलले गर्नुपर्नेछ। जोर नम्बर भएका सिमा स्तम्भको भारतीय सीमा सुरक्षा बल एसएसवीले गर्नेछ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  ८ : ०८ बजे