झापा- बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा अब राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको हो ।
२०८१ माघ १ गतेदेखि अनिवार्यरुपमा यो व्यवस्था लागू हुनेछ । यदि राष्ट्रिय परिचयपत्र नभएमा राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक हुने जनाइएको छ । राष्ट्रिय परिचयपत्रको सान्दर्भिकतामाथि प्रश्न उरिहेका बेला केन्द्रीय बैँकको यस्तो निर्देशन आएको हो ।
निर्देशनमा भनिएको छ ‘राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ ।’