काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पनि पार्टीसँग एकता नगर्ने बताउनुभएको छ ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा अनेरास्ववियुले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले एमालेको नीतिलाई स्वीकार गरेर आउने पार्टीलाई भने मर्ज गरेर लैजान सकिने बताउनुभयो । उहाँले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा विकास गरिएको जनाउँदै अब निर्णायक शक्तिका रुपमा उभ्याउन बाँकी रहेको उल्लेख गर्नुभयो ।