२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

डोमालाल राजवंशी रंगशालामा प्रवेश निषेध



बिर्तामोड-बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तरपालिका महिला फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा डोमालाल राजवंशी रङ्गशालामा प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको समितिको बैठकले रङ्गशाला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । रङ्गशालामा जथाभावी प्रवेश बढेपछि त्यसलाई रोक्ने निर्णय भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले बताउनुभयो ।

समितिले माघको दोस्रो सातादेखि झापाका स्थानीय तहबीच महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ । त्यसको तयारी तथा व्यवस्थापनका सिलसिलामा रङ्गशालामा जथाभावी प्रवेशमा रोक लगाइएको अध्यक्ष गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  ७ : ४२ बजे