१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश



झापा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सभापति लामिछानेको पक्षमा नाराबाजी गरिरहेका छन् । बिहीबार सकिएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौँ जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्न लामिछानेलाई काठमाडौँ लैजाने तयारी छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  ६ : ३७ बजे