काठमाडौँ-व्यवसायी दुर्गाप्रसाई सहित तीनजना विरुद्ध संगठित रुपमा अपराधिक लाभ लिएको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रसाईसँगै हरिश्चन्द्र फुँयल र रामचन्द्र मैनालीलाई प्रतिवद्धी बनाई मुद्दा दायर गरिएको छ ।
फुयाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । मैनाली झापाको बिर्तामोडका स्थानीय बासिन्दा हुन् । प्रसाईले फुँयल र मैनालीलाई परिचालन गरेको प्रहरीको जिकिर छ ।