१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

सभामुख घिमिरे झापा आउँदै : यस्तो छ दुई दिने कार्यतालिका



बिर्तामोड-सभामुख देवराज घिमिरे गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार झापा आउनु हुने तय भएको छ । उहाँ बुद्ध एयरकाे जहाजमार्फत बिहीबार बिहान झापा आउन लाग्नुभएको हो ।

सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा पनि सहभागी हुनु हुनेछ । जनता मावि खुदुनाबारीको ३९ औँ वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सभामुख घिमिरेको सहभागिता रहनेछ ।

सभामुख घिमिरेले बिहीबार दिउँसो गरुवा चोकदेखि कैदलेसम्मको कालोपत्रे सडकको स्थलगत अवलोकन गर्नु हुनेछ । केही सामाजिक गतिविधि र भेटघाटका कार्यक्रम पनि तय भएका छन् ।

शुक्रबार सभामुख घिमिरेले खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरूको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।

हात्ती नियन्त्रणका सम्बन्धमा समेत स्थानीय सरोकारवालासँग सभामुख घिमिरेले छलफल गर्ने कार्यक्रम छ ।

यस्तो छ सभामुख घिमिरेको कार्यतालिका

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार ००:००  ९ : ३८ बजे