१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

प्रदेश कानुनका विषयमा कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन



विराटनगर-संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन कोशी प्रदेश सरकारलाई बुझाएको छ ।

चुडामणि आचार्य नेतृत्वको कार्यदलले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार आफ्नो प्रतिवेदन बुझाएको हो ।

पछिल्लोपटक मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले कानुन निर्माण र संशोधनको विषयलाई प्राथमिकतामा राख्दै अध्ययन कार्यदल बनाउनु भएको थियो ।

प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक आचार्यले अन्य प्रदेशमा कारणमा रहेका, कोशी प्रदेशमा बनेका कानुनहरूको कार्यान्वयनको अवस्था र केन्द्र सरकारले बनाउनुपर्ने ऐन कानुनको विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

कार्यदलमा संयोजक आचार्यसहित सदस्यहरूमा गजेन्द्र आचार्य, अर्जुन राई, कुलप्रसाद साम्बा, जसमाया गजमेर, नरेन्द्रकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहनुभएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार ००:००  ९ : १७ बजे