बिर्तामोड-प्रहरीले झापाको काँकडभिट्टाबाट गैंडाको खागसहित एकजना भारतीय नागरिकलाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट प्रहरीले भारतको पश्चिम बङ्गाल घर भएका नारायण रामधामलाई पक्राउ गरेको हो ।
झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले होटलको कोठाबाट एक किलो ७०० ग्राम तौल भएको गैंडाको खाग र लागूऔषध ब्राउन सुगरसहित रामधामलाई पक्राउ गरिएको बताइन् ।
उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।