११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयद्वारा अस्वीकार



झापा-मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोशी प्रदेश सरकारका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ ।

मानव तस्करी प्रकरणमा अधिकारीको संलग्नता नदेखिएको जनाउँदै सरकारी वकिलको कार्यालयले पाँचवटा मुख्य आधार देखाएर पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा चलाउन नसकिने जनाएको हो ।

जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले पूर्वमन्त्री अधिकारी जापान पुगेर पनि अध्यागमनसँग आफै समन्वय गरेर फर्किएको पाइएको बताए । आरोपीहरूले समेत पूर्वमन्त्री अधिकारीलाई विदेश पठाएबापत रकम दिएको खुल्न नआएको अर्यालले जानकारी दिए ।

आरोपीबाट बरामद भएको परिचयपत्रमा गरिएको हस्ताक्षरसमेत किर्ते भेटिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । अर्यालले अधिकारीविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार प्रमाण नदेखिएको बताए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ००:००  ९ : ३६ बजे