९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

भद्रपुरमा लायन्सको संयुक्त पदस्थापन



बिर्तामोड- झापामा क्रियाशील सातवटा लायन्स क्लव र तीनवटा लियो क्लवको पदस्थापन शनिबार एकैसाथ भद्रपुरमा सम्पन्न भएको छ । वर्ष २०२४÷०२५ का लागि चयन भएका अध्यक्ष तथा पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

लायन्स क्लव अफ भद्रपुर, विर्तामोड, अनारमनी, लायन्स क्लव अफ विर्तामोड लेडी, लायन्स क्लव अफ धाइजन–चारआली, मेचीनगर, लायन्स क्लव अफ स्मार्ट लेडी र लियो क्लव अफ भद्रपुर, विर्तामोड, अनारमनी, लियो क्लव अफ विर्तामोड सिनियर र लियो क्लव अफ मेचीनगरका पदाधिकारी–सदस्यहरुले संयुक्त रुपमा पदभार ग्रहण गरेका छन् ।

लायन्स क्लव अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा आयोजित पदस्थापन समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीले लायन्स र लियोका वर्ष ०२४÷२५ का पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए ।

लायन्सका इरिया चिफ शैलेन्द्र कुरुम्बाङले स्वागत गरेको पद हस्तान्तरण समारोहमा लायन्स क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष यमबहादुर श्रेष्ठले आमाको स्मृतिमा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार ००:००  ८ : २३ बजे