बिर्तामोड-झापाको बिर्तामोड पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिर्तामोड नगर क्षेत्रभित्रका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेका हुन् ।
१६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
राष्ट्रको तालिका अनुसार २०८१ असार १७ गतेसम्म ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोप लगाइएको स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए ।
छुटेका ५२ जना बालबालिकालाई समेत खोजेर खोप लगाएको अहेव सापकोटा बताउँछन् । स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण बिष्टले १० वटै वडाका बालबालिकाले खाेप सुविधा पाएको बताए ।
स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।