१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते



झापा- इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमण भएको हो ।

आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । समाचार एजेन्सीहरूका अनुसार प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको हो ।

इजरायलबाट भएको जवाफी आक्रमणमा परी दुवैतर्फका गरी करिब तीन सय जनाको मृत्यु भएको छ । झन्डै एक हजार घाइते भएको अनुमान गरिएको छ ।

नेपालले इजरायलमा भएको आतङ्कवादी हमलाको घोर भर्त्सना गरेको छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  ७ : १४ बजे