१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट



झापा- यस वर्षको दशैँ र तिहारका लागि नेपाल राष्ट्र बैंकले असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

गतवर्ष जस्तै यसवर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेके हो ।

दशैँ तिहार र छठलाई लक्षित गरी घटस्थापनाको भोलिपल्ट असोज २९ देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसवर्ष पनि विगतका वर्षमा जस्तै राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिइन्छ । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक बन्डल हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  ६ : ५५ बजे