झापा-जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शिक्षा विधेयक संघीयता विरोधी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रचण्ड नेतृत्वको सरकारका पालामा संघीयता विरोधी विधेयक आएको छ’, उनले कटाक्ष गर्दै भने । ‘जिल्ला शिक्षा कार्यालय ल्याउनु भनेको संघीयता विरोधी गतिविधि हो । त्यसलाई खारेज गर्नुपर्छ ।’
लोकसेवा आयोग प्रदेशमा रहेको, निजामती सेवा स्थानीय तहमा भइरहेको अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्न नहुने अध्यक्ष राउतको मत छ ।