बिर्तामोड-साझा मञ्च मिडिया प्रालिले कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई सम्मान गरेको छ । कार्की साझामञ्च मिडिया प्रालिका अध्यक्ष हुन् ।
साझा मञ्चले आफ्नै अध्यक्षको सम्मानमा विहीवार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री कार्कीलाई माला र खादा ओढाएर बधाई तथा शुभकामना पत्र प्रदान गरिएको छ ।
साझा मञ्चका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कम्पनीका सञ्चालक नारायणप्रसाद पोखरेल, यम बिमली, पुण्यप्रसाद भट्टराई, पर्वत कार्की लगायतले बधाई पत्र हस्तान्तरण गरेका थिए ।
बिर्तामोडको ग्राण्ड प्यासिफिक होटलमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिक्षासेवी मोहन ओली, तोया काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
कम्पनीका कार्यकारी प्रमुख तथा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।