१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्तामोडमा छतबाट खसेर भारतीय भूतपूर्व सैनिकको मृत्यु



बिर्तामोड–झापाको बिर्तामोडमा आइतवार छतबाट खसेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड–५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान थिङ तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो ।

बिहान ५ बजे थिङ छतबाट झरेर घाइते भएका थिए । बीएण्डसी अस्पतालमा उपचारका क्रममा थिङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर १० वर्षअघि मृत्यु भएको थियो । कविरमान भारतीय सैनिकबाट सेवा निवृत्त भएर केही समयअघि घर आएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार ००:००  ८ : ४२ बजे