१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

नइलाई डा.उपाध्यायबाट पाँच लाख



झापा-नइ प्रकाशनको अक्षय कोष अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उनले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

नइ प्रकाशनको शनिवार बसेको बैठकले डा. उपाध्यायको योगदानको सम्मान गर्दै जेहेनदार विद्यार्थीको हित हेतु ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष तीस हजार रुपियाँ राशिसहित नइ कपिल विद्यापदक हुम्ला जिल्लाका सरकारी विद्यालयबाट १२ कक्षामा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ९ : ३० बजे