बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्था १२ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ११ औँ वर्ष पूरा गरी सोमवारदेखि शिक्षा बहुउद्देश्यीय १२ औँ वर्षमा प्रवेश गरेको हो ।
२०६९ भदौ २५ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै व्यवस्थापनमा पूर्व प्राथमिक तहको विद्यालय सञ्चालन गर्दै आएको छ ।
आगामी दिनमा बहुआयामिक योजनासहित अगाडि बढ्ने तयारी गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । सोमवार ११ औँ स्थापना दिवस मनाउँदै संस्थाले कर्मचारी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहकारी संस्थाको लेखा समितिका संयोजक युवराज निरौलाले झापाको सहकारी क्षेत्रमा शिक्षा बहुउद्देश्यीयको आफ्नै पहिचान रहेको बताए ।
कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा, सल्लाहकार सदस्य ओम खरेल लगायतले बोलेका थिए ।