सतासीधाम-निर्माण भएको ४० वर्षपछि माइधार दोमुखा सडक कालोपत्रे भएको छ । पर्यटकीय आकर्षण केन्द्रको रुपमा रहेको दोमुखा जाने सडक यति धेरै वर्षपछि कालोपत्रे भएको हो ।
माइधार–दोमुखा सडक २९ सय मिटर लामो छ । शिवसताक्षी नगरपालिकाले चार करोड २४ लाख ८३ हजार २४५ लागतमा उक्त सडक कालोपत्रे गरेको हो ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अनेकौँ चुनौति र अवरोधका बीच सडक कालोपत्रे भएको बताए ।
सडक ढलरहित सात मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भट र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।
शिवसताक्षीको माइधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले २०३३ सालमा निर्माण गरेको थियो । उपप्रमुख नरमाया कार्कीले तोकिएको मापदण्ड अनुसार सडक निर्माण भएको बताइन् ।