१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कमल गाउँ सभापति न्यौपानेद्वारा काङ्ग्रेस परित्याग



बिर्तामोड-नेपाली कांग्रेस कमल गाउँ समितिका सभापति बुद्धिराज न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पछिल्लो समय पार्टी आदर्श, सिद्धान्त र योजना अनुसार नचलेको जनाउँदै न्यौपानेले पार्टी सभापतिका साथै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका हुन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसहित सबै पद र जिम्मेवारीबाट अलग भएका न्यौपानेले स्वतन्त्र नेपाली नागरिक भएर बाँकी जीवन नेपाली जनताका लागि समर्पित गर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ००:००  ८ : १३ बजे