झापा– बिर्तामोड नगरपालिकाले पशुपालक किसानलाई तालिम दिएको छ । नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले तालिम आयोजना गरेको हो ।
किसानलाई विभिन्न तीनवटा तालिम दिइएको पशुपंक्षी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले बताइन् । किसानले बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन सम्वन्धी तालिम पाएका हुन् ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्नु पर्ने बताइन् ।
तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सी शाखा प्रमुख मेघराज बाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले बोलेका थिए ।
तालिममा सहभागी कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको तालिमबाट धेरै कुराको ज्ञान लिएको बताए ।