७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लागूऔषध मुद्दाका फरार अभियुक्त दिलकुमार राई पक्राउ



भद्रपुर-लागूऔषध मुद्दाका फरार अभियुक्त दिलकुमार राई पक्राउ परेका छन् । भोजपुर स्थायी घर भएका राईलाई अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा ११ मा बस्दै आएका राईलाई झापा जिल्ला अदालतले गत भदौमा एकवर्ष कैद सजाय र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

राई दुई महिना २५ दिन न्यायिक हिरासतमा बसिसकेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । बाँकी सजाय भुक्तानका लागि राईलाई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार ००:००  ७ : ०४ बजे