४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

आयातित तरकारीमा कर, आन्दोलित भए व्यापारी



झापा– सरकारले बजेटमार्फत आलु, प्याज, फ्रोजन केराउ, बोडीलगायत आयातित तरकारीमा कर लगाएको छ । स्याउ, एभोकाडो, किबी, स्ट्राबेरीजस्ता फलफूल पनि करको दायरामा परेका छन् ।

सरकारले फलफूल तथा तरकारी जस्तो चाँडै कुहिने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएको भन्दै व्यापारी आन्दोलित भएका छन् । यस्ता वस्तुमा भन्सार छुट गर्नुपर्ने उनीहरुको माग छ ।

तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नभएसम्म आयात नगर्ने अडान व्यापारीको छ । यसले झन् मूल्यवृद्धि हुने देखिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ००:००  ९ : ०५ बजे