८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इनरवील क्लव अर्जुनधाराले दियो सेनेटरी प्याड बनाउने तालिम



बिर्तामोड-इनरवील क्लव अफ अर्जुनधाराले सेनेटरी प्याड बनाउने तालिम आयोजना गरेको छ । पुन प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड बनाउने तालिम इनरवील क्लवले आयोजना गरेको हो ।

इनरवील क्लवकी अध्यक्ष सुनिता खरेलको अध्यक्षतामा आयोजित तालिममा मुना रिजालले प्रशिक्षण दिएकी छन् । क्लवले आफ्नै स्रोत जुटाएर तालिम आयोजना गरेको सदस्य मेनुका ओलीले बताइन् ।

तालिममा २५ जना महिला सहभागी भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ००:००  ८ : ४० बजे