६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मोबाइल डिलर एशोसिएसन कोसीका अध्यक्ष उप्रेती भन्छन्, ‘मुनाफाको मार्जिन २ प्रतिशत बढाइनु पर्छ’



बिर्तामोड-मोबाइल डिलर एशोसिएसन, कोसी प्रदेशका अध्यक्ष हरि उप्रेतीले मोबाइल डिलरलाई दिइँदै आएको मुनाफाको मार्जिन बढाउनु पर्नेमा जोड दिएका छन् ।

मोवाइल एशोसिएसन बिर्तामोडले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले व्यवसायमा टिक्ने स्थिति नरहेकाले मार्जिन बढाउनुमा जोड दिएका हुन् ।

‘अहिलेको मार्जिन २ प्रतिशतले बढाउनु पर्छ’, अध्यक्ष उप्रेतीले कार्यक्रममा भने, ‘बढ्दो व्याजदरले खर्च धान्न मुस्किल छ । मार्जिन नबढाएसम्म व्यवसायमा टिकिरहन सकिँदैन् ।’

अहिले कम्पनीहरुले ३ प्रतिशत मुनाफा डिलरलाई दिइरहेका छन् । यसलाई बढाएर ५ प्रतिशत बनाउनु पर्नेमा डिलर अध्यक्ष उप्रेतीको जोड छ । अध्यक्ष उप्रेतीले बैँक तथा वित्तिय संस्थाबाट समेत व्यवसायीले पर्याप्त सहयोग पाउन नसकेको गुनासो गरे ।

उनले सेकेण्ड ह्याण्ड मोबाइलको कारोवार गरेर आफूलाई जोखिममा नपार्न व्यवसायीलाई अनुरोध पनि गरेका छन् । राज्यको नीतिका कारण व्यवसायी मारमा परेको जनाउँदै अध्यक्ष उप्रेतीले व्यवसायमा एकतारुपता कायम गनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ००:००  ८ : २८ बजे