८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

डीएसपी कार्कीले बिर्तामोडका व्यवसायीलाई भने, ‘सेकेण्ड ह्याण्ड मोबाइलको किनबेच नगर्नुस्’



बिर्तामोड-इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले ‘सेकेण्ड ह्याण्ड’ मोबाइलको खरीद बिक्री नगर्न बिर्तामोडका मोबाइल व्यवसायीलाई आग्रह गरेका छन् ।

झापाको बिर्तामोडमा सोमवार मोबाइल एशोसिएसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै डीएसपी कार्कीले आवश्यक सावधानी नअपनाउँदा व्यवसायी आफैँ फस्ने गरेको बताए ।

‘कसैले सस्तो दाममा सेकेण्ड ह्याण्ड मोबाइल बेच्ला । तपाईंहरु पनि किन्दिनु हुन्छ’, डीएसपी कार्कीले भने, ‘चोरिएको वा हराएको मोवाइल रहेछ भने व्यवसायीलाई पनि पक्राउ गरेर अनुसन्धानमा ल्याउनु पर्छ ।’

कोही आर्थिकरुपले समस्यामा परेको बेला मानवीय हिसावले सहयोग गर्दा पनि फसिने अवस्था आएको जनाउँदै डीएसपी कार्कीले सेकेण्ड ह्याण्ड मोबाइलको खरीद बिक्री गर्ने कानुन नरहेको स्पष्ट पारेका छन् ।

‘कुन बेला कसले फसाउँछ थाहा हुन्न’, डीएसपी कार्कीले भने, ‘आफैँ सजग भए मात्रै अनावश्यक झमेलामा फस्नबाट जोगिन्छ ।’

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ००:००  ७ : २२ बजे