बिर्तामोड-गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएपछि झापाको मेचीनगर र कनकाई नगरपालिकाले विद्यालय बन्दको समय दुई दिन थप गरेका छन् । सार्वजनिक सूचनामार्फत ती नगरपालिकाले बिदा थप गरेका हुन् ।
अत्याधिक गर्मी बढेका कारण बर्खे बिदाबाट कटौती शुने गरी बिदा थप गरिएको मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए ।
सातायता झापासहित तराईका जिल्लामा गर्मी बढेको छ । मेचीनगरले विहीवारदेखि तीन दिन विदा दिएको थियो । गर्मीका कारण विदालाई निरन्तरता दिँदै दुई दिन थपेको हो ।
कनकाई नगरपालिका भित्रका विद्यालय पनि आइतबार र सोमबार विदा हुने भएको छ । कनकाईका शिक्षा शाखा प्रमुख हरिप्रसाद मिश्रले आइतबार र सोमबार विद्यालय विदा दिइएको जानकारी दिएका हुन् ।