८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अनिरुद्र दम्पत्तिले छोराको स्मृतिमा कोष स्थापनाका लागि दिए दुई लाख



कनकाई–साहित्यकार अनिरुद्र ओली र उनकी धर्मपत्नी नन्दाले आफ्नो छोराको स्मृतिमा कनकाई प्रतिभा प्रतिष्ठानलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

शनिवार आयोजित कार्यक्रमका बीच ओली दम्पत्तिले आफ्नो दिवङ्गत छोरा मनोजबाबुको स्मृतिमा प्रतिष्ठानलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानमार्फत मनोजबाबु ओली स्मृति पुरस्कार कोष स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरिएको साहित्यकार ओलीले बताए । प्रतिष्ठानका अध्यक्ष जस्वनाथ सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

२०४५ असार २५ गते तेह्रथुममा जन्मिएका मनोजबाबुको कोरोना संक्रमणका कारण २०७८ जेठ ११ गते निधन भएको थियो ।

मनोजको स्मृतिमा कोष स्थापनाका लागि यसअघि ओली परिवारले नारायण गोपाल प्रतिष्ठान बिर्तामोडलाई तीन लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार ००:००  ७ : ५८ बजे