१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बिर्तामोड खानेपानीकाे नव निर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण



बिर्तामोड– बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे नव निर्वाचित नेतृत्वले पदभार सम्हालेकाे छ ।

शनिबार बिहान सपथ ग्रहण गरेपछि मेघराज बाँस्तोला नेतृत्वकाे कार्य समितिले कार्यभार सम्हालेकाे हाे ।

कार्यालय परिसरमा आयाेजित सपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष जलकुमार गुरुङले नवनिर्वाचित अध्यक्ष बाँस्तोलालाई संस्थाकाे माइन्यूट हस्तान्तरण गरेका छन् ।

विधानत निर्वाचन परिणाम घाेषणा भएको सात दिनभित्र पद हस्तान्तरण गर्नु पर्ने प्रावधान अनुरुप कार्यक्रम भएको हाे ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारी र सदस्यलाई सपथ गराएका छन् ‌।

जनताको साथ, समर्थन र विश्वासका कारण बिर्तामोड खानेपानी याे अवस्थामा आइपुगेको बताउँदै अध्यक्ष गुरुङले यसका लागि संस्थापक अध्यक्ष टाेरुप प्रसाईकाे याेगदान अतुलनीय रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष बाँस्तोलालले संस्थापक अध्यक्ष प्रसाई र निवर्तमान अध्यक्ष गुरुङको राय, सुझाव, सल्लाह र मार्ग निर्देशनमा रहेर खानेपानी संस्था र उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य बुद्धिराम भट्टराई, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष शम्भू भण्डारी, जसपाका शिवम सुराली मगर लगायतले बधाई तथा शुभकामना दिएका छन् ।

बिर्तामोड खानेपानीको जेठ १५ गते सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली, कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित भएका थिए ।

खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्र थापा, महिला सदस्यमा बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ००:००  ९ : ११ बजे