८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हाकिमको नक्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ



रौटहट-गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् ।

हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो ।

सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पोषणसम्बन्धी एउटा गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद जयसवालले बताए ।

पाँच लाख रुपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ८ : ०८ बजे