२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

गैरकानुनी औषधि ओसारपसार मुद्दाका अभियुक्त तीन वर्षपछि पक्राउ



बिर्तामोड-बिना दर्ताको औषधि ओसारपसार मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–४ का इतियाज आलम छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार आलमलाई पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार आलमलाई पाटन उच्च अदालतले २०७६ माघमा एक महिना कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तीन वर्षअघिदेखि आलम फरार थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ६ : ४९ बजे