८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भद्रपुरका किशोरीलाई आत्मरक्षा तालिम



चन्द्रगढी-भद्रपुरका किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । भद्रपुर नगरपालिकाले सबै वडाबाट प्रतिनिधित्व हुने गरी आत्मरक्षा तालिम दिन थालेको हो ।

तालिमपछि किशोरीहरुले आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सक्ने नगर प्रमुख गणेश पोखरेलले बताए ।

तालिममा सबै वडाबाट ५–५ जनाका दरले ५० जना सहभागी छन् । सामाजिक विकास शाखाको सहजीकरणमा सुरु भएको तालिम सातदिनसम्म चल्नेछ ।

मार्सल आर्टका व्यावसायिक प्रशिक्षकले तालिम दिनेछन् । वरिष्ठ कराते प्रशिक्षक सौरव प्रधान र सेल्फ डिफेन्स कोच सम्झना सारु मगरले आत्मरक्षा तालिम प्रदान गर्नेछन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ७ : ४० बजे