२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

बिर्तामोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा



झापा- झापाकोे बिर्तामोडमा एउटा व्यवसायिक कम्प्लेक्स थपिएको छ । बिर्तामोड ५ को धर्मकाँटा रोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको कम्प्लेक्स पाँच तलाको छ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले कम्प्लेक्स निर्माण गरेका हुन् ।

बिहीवार बिहान आयोजित संक्षिप्त समारोहकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई र सञ्चालक भट्टराईकी आमा मायादेवीले संयुक्तरुपमा कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

भवनको दोस्रो तलामा एभरेस्ट लार्ज कार्डमम प्रालि, पूर्वाञ्चल इन्भेस्टमेन्ट प्रालि, मेची पोल्ट्री प्रालि र एनएस प्रालिको कर्पाेरेट अफिस सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ४ : ०६ बजे