२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

भानु माविमा लागूऔषधविरुद्ध वीरता लेडी जेसीजको सचेतना कार्यक्रम



बिर्तामोड-वीरता लेडी जेसीज तथा शनिश्चरे प्रहरी चौकीले बुधवार संयुक्तरुपमा विद्यार्थीका लागि लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेका छन् । अर्जुनधारा–५ स्थित भानु माविमा कार्यक्रम आयोजना गरिएको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष सङगीता गिरीले विद्यार्थीलाई लागूऔषध दुव्यर्सनको कुलतमा फस्नबाट जोगाउने उद्देश्यले विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताइन् ।

‘देशको भविष्य यिनै विद्यार्थीको हातमा छ’, अध्यक्ष गिरीले भनिन्, ‘कुलतमा फस्नबाट जोगाउन सकियो भने मात्र समाजको विकास हुन्छ ।’ उनले आफ्ना छोरोछोरीको रेखदेख र संरक्षणमा अभिभावकले विशेष ध्यान दिनु पर्ने बताइन् ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा अर्जुनधारा वडा नम्बर-६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोला, महिला नेतृ सरु न्याैपाने, वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापा लगायतले बाेलेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ८ : ५९ बजे