२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

झापाबाट पाँच महिनामा १३२ फरार अपराधी पक्राउ



बिर्तामोड-जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो पाँच महिनामा आपराधिक घटनाका फरार १३२ प्रतिवादीलाई पक्राउ गरेकोे छ । अपराधका विभिन्न २६ मुद्दामा उनीहरु समातिएका हुन् ।

प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र रिजालका अनुसार पक्राउ गरिएकामध्ये ११८ पुरुष र १४ महिला छन् । तीमध्ये केही प्रतिवादी जरिवाना तिरेर छुटेका छन् । केहीलाई कारागार चलान गरिएको छ ।

पक्राउ परेकामध्ये सबैभन्दा बढी चोरी घटनाका अभियुक्त छन् । प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ८ : २६ बजे