८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण



शनिश्चरे– साना किसान कृषि सहकारी संस्थाले अर्जुनधारा–२ का किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ । वडा कार्यालयको ५० पतिशत अनुदानमा बीउ वितरण गरिएको हो ।

बुधवार तीन घरधुरी किसानले रामधान, सम्वा मुसुली, रन्जित जातको धानको बीउ पाएको सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले बताए । प्रतिकठ्ठा एक किलोको दरले बीउ उपलब्ध गराइएको अर्जुनधारा २ का अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ००:००  ८ : ५५ बजे