१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूर्व अध्यक्ष गिरी भन्छन्, ‘बिर्तामोड नगरपालिकाले बजेट व्यवस्थासहित झापा गोल्डकपको संरक्षकत्व लिनुपर्छ’



बिर्तामोड-झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीले आगामी वर्ष हुने ‘झापा गोल्डकप’ को संरक्षकत्व लिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व अध्यक्ष गिरीले यो कामका लागि नगरपालिका अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

पूर्व अध्यक्ष गिरीले फेसबुकमा लेखेका छन्, ‘आगामी वर्ष डोमालाल रंगशालामा हुने झापा गोल्डकपको लागि बिर्तामोड नगरपालिकाले बजेट व्यवस्थासहित संरक्षकत्व लिने काम होस् ।’

गत फागुनमा झापाको भद्रपुरमा भद्रपुर झापा गोल्डकप सञ्चालन भएको थियो । भद्रपुर नगरपालिकाको संरक्षकत्वमा भएको गोल्डकपमा खेलप्रेमीले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतियोगिताका लागि भद्रपुर नगरपालिकाले ३० लाख रुपैयाँ भन्दाबढी बजेट उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ००:००  ८ : २४ बजे