बिर्तामाेड– बालमैत्री नगर घोषणाको तयारी गरिरहेको कन्काई नगरपालिकाले जोखिमपूर्ण श्रममा लगाइएका दुईजना बालकको उद्धार गरेको छ ।
नगर बाल अधिकार समितिको समन्वयमा सोमबार दुईजना बालकको उद्धार गरिएको नगरपालिकाले जनाएको हो ।
उद्धार गरिएका दुवै बालकलाई संरक्षणका लागि बाल हेल्प लाइनमा पठाइएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।