७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जोखिमपूर्ण श्रममा लगाइएका दुईजना बालकको कनकाई नगरपालिकाद्वारा उद्धार



बिर्तामाेड– बालमैत्री नगर घोषणाको तयारी गरिरहेको कन्काई नगरपालिकाले जोखिमपूर्ण श्रममा लगाइएका दुईजना बालकको उद्धार गरेको छ ।

नगर बाल अधिकार समितिको समन्वयमा सोमबार दुईजना बालकको उद्धार गरिएको नगरपालिकाले जनाएको हो ।

उद्धार गरिएका दुवै बालकलाई संरक्षणका लागि बाल हेल्प लाइनमा पठाइएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ५ : ३० बजे