२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता



बिर्तामोड-लक्ष्मी र सनराइज बैंकबीच सोमवार मर्जरको अन्तिम सम्झौता भएको छ । लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गत पुस अन्तिम साता मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी बैंकले करिब साढे चार महिनापछि अन्तिम सम्झौता गरेका हुन् । मर्जरपछि पनि दुबै बैंकका सेयरधनीको सेयर कित्ता हालकै बराबर हुनेछ ।

मर्जर पूरा भएपछि यो बैंक ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालनमा आउने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह हुनेछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ५ : ३४ बजे