झापा-सरकारले राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने भएको छ । शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सरकारले सहकारी नीतिमा परिवर्तन गर्न लागिएको जनाएको हो ।
सहकारीको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण र बचत तथा लगानीको सदुपयोग र सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाउने कार्यक्रममा उल्लेख छ ।
सहकारी क्षेत्रको पुनर्संरचनासहित बचत तथा ऋण सहकारीहरुलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गर्ने व्यवस्था मिलाउने सरकारको तयारी छ ।